काठमाडौं । सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो । "/>

सरकारले १४ सहसचिवको काज सरुवा गर्‍यो

सरकारले १४ सहसचिवको काज सरुवा गर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश ७ मुख्यमन्त्री कार्यालयका सहसचिव प्रदीप राज कँडेललाई गृह मन्त्रालयमा काज सरुवा गरिएको छ । त्यस्तै प्रदेश ७ कार्यालय प्रमुख युवराज सुवेदीको राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको हो । प्रदेश ५ मुख्यमन्त्री कार्यालयका दीपेन्द्र काफ्लेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालयका सनतकुमार दुवाडीको प्रदेश ५ प्रमुखको कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कृष्णप्रसाद ज्ञवालीको प्रदेश ५ सामाजिक विकास मन्त्रालयमा काज सरुवा गरिएको हो ।

त्यस्तै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका पुष्करराज पन्तको लोकसेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का रामकृष्ण गुरागाईंको लोकसेवा आयोग, गृह मन्त्रालयका गोकर्णमणि दुवाडीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका बिजुकुमार श्रेष्ठको राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गिरिजा शर्माको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका डा. मानबहादुर विकको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश कार्यालय प्रमुख देवीप्रसाद ज्ञवालीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिकाका तोयानारायण सुवेदीको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धरान उपमहानगरपालिकाका सहसचिव सुमन घिमिरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काज सरुवा गरिएको हो ।

 

 

Logo