काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्री ओलीले उपचार गराईरहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको हो । "/>

ओलीलाई अस्पतालमा भेटेपछि बाबुरामले के भने ? (भिडियोमा)

ओलीलाई अस्पतालमा भेटेपछि बाबुरामले के भने ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्री ओलीले उपचार गराईरहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । मंगलबार विहान पनि गरिएको रगत परिक्षण र छातीको एक्स रेलगायतको रिर्पोटले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको पनि अस्पतालले जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गर्दै चिन्ता गरिरहन नपर्ने बताए । प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

Logo