सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । वडाअध्यक्षमाथि गरिएको कुटपिटको विषयलाई लिएर मंगलबार रामनगर गाउँपालिका–४ बहुअरुवा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । "/>

नेकपा कार्यकर्ताले गोली चलाउँदा कांग्रेस कार्यकर्ताको मृत्यु

नेकपा कार्यकर्ताले गोली चलाउँदा कांग्रेस कार्यकर्ताको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । वडाअध्यक्षमाथि गरिएको कुटपिटको विषयलाई लिएर मंगलबार रामनगर गाउँपालिका–४ बहुअरुवा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परी कांग्रेस कार्यकर्ता ५५ वर्षका रामविलास महतोको मृत्यु भएको छ । गोलीको छर्रा लागेर ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार वडाअध्यक्ष महतोमाथि सोमबार कुटपिट गरिएको थियो । सोही विषयमा मंगलबार दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र झडपकै क्रममा गोली चलेको सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।

घरबाट अफिस जाने क्रममा ५/६ जनाको समूहमा आएका नेकपा कार्यकर्ताहरुले सोमबार वडाअध्यक्ष महतोमाथि कुटपिट गरेका थिए । सोही विषयलाई लिएर मंगलबार नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको र झडपकै क्रममा गोली चलेको प्रहरी निरीक्षक देवले बताए । गोली प्रहार गरेर उनीहरु फरार भएका छन् । फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

File Photo

Logo