काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारको गतिमा रहेको चिकित्सकहरुले जनाएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले मंगलबार बिहान गरिएको रगत परीक्षण र छातीको एक्स–रे रिपोर्ट सुधारोन्मुख रहेको छ । "/>

डाक्टर भन्छन्, ‘७२ घण्टाको अब्जर्वेशनपछि प्रधानमन्त्रीलाई डिस्चार्जबारे सोच्छौं’

डाक्टर भन्छन्, ‘७२ घण्टाको अब्जर्वेशनपछि प्रधानमन्त्रीलाई डिस्चार्जबारे सोच्छौं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारको गतिमा रहेको चिकित्सकहरुले जनाएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले मंगलबार बिहान गरिएको रगत परीक्षण र छातीको एक्स–रे रिपोर्ट सुधारोन्मुख रहेको छ ।

प्रधानमन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि सोमबार बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरुण सायमीको नेतृत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास खटिएका छन् । प्रा.डा. सायमीले ७२ घण्टाको अब्जर्वेशन सकिएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे सोच्न सकिने बताएका छन् ।

Logo