सरकारले चिया तथा कफी खेतीको प्रवद्र्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवद्र्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । "/>

सरकारले व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा

सरकारले व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

सरकारले चिया तथा कफी खेतीको प्रवद्र्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवद्र्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन पनि दिए ।

मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको पनि अपेक्षा गरिएको पनि स्पष्ट पारे । उनले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकार पछि परेको स्विकार गर्दै अव त्यसलाई अगाडि बढाउन व्यवसायीहरुसँगै सहकार्य गरेर अघि बढने योजना पनि सार्वजनिक गरे ।

कार्यक्रममा चिनिया कलाकारहरुले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए ।

Logo