कृष्णसिंह धामी/काठमाडौं । लामो कसरतपछि तीन प्रदेशले नाम र राजधानी तोकेका छन् । अब ४ प्रदेशमा कहिले तोकिन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन् । "/>

कहिले तोकिन्छ ४ वटा प्रदेशको नाम र स्थायी राजधानी ?

कहिले तोकिन्छ ४ वटा प्रदेशको नाम र स्थायी राजधानी ?

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । लामो कसरतपछि तीन प्रदेशले नाम र राजधानी तोकेका छन् । अब ४ प्रदेशमा कहिले तोकिन्छ भन्ने अझै टुंगो लाग्न सकेको छैन् । प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ ले आफ्नो नाम र राजधानी तोक्न बाँकी छ ।

प्रदेश पाँचको नाम गण्डकी राजधानी पोखरा, प्रदेश ६ को नाम कर्णाली राजधानी सुर्खेत र प्रदेश ७ को नाम शुदूरपश्चिम र प्रदेश राजधानी कैलालीको गोदावरी तोकिएको छ । नाम र राजधानी तोकिन बाँकी रहेका प्रदेशमा पनि त्यसको लागि तयारी थालिएको छ । कुन प्रदेशमा राजधानी र नाम राख्ने विषयमा के कस्तो तयारी भईरहेको छ ?

प्रदेश १ मा के–के भईरहेको छ ?
प्रदेश १ को नाम के राख्ने भन्ने बारेमा अहिले सत्तारुढ नेकपाभित्रै विवाद छ । सत्तारुढ दलभित्रै सगरमाथा राख्ने कि कोशी राख्ने यो विषयमा दुई मत छ । अर्को कुरा जातीय पहिचान झल्किने नाम राख्न पनि माग नगरिएको होईन् ।

राजधानी पनि विराटनगरमै राख्ने कि इटहरी वा धनकुटासम्म पुर्याउने भन्नेमा विवाद छ । प्रदेश १ मा नेकपाको बहुमत सरकार छ । नेकपाभित्र सहमति जुटे नाम र राजधानी राख्ने विषय सहजै टुंगिन सक्छ ।

प्रदेश २ मा आयोग नै गठनः
प्रदेश २ को मन्त्रिपरिषद् बैठकले नै प्रदेशको स्थायी राजधानी र नामको विषयमा टुंगो लगाउन आयोग नै गठन गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिवंश झाको संयोजकत्वमा आयोग गठन गरेको हो । उक्त आयोगले प्रदेशको स्थायी राजधानी र नामांकनको विषयमा ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।

उता प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणी पौडेलले पनि १ महिनाभित्र प्रदेशको नाम र राजधानी टुंगो लाग्ने जनाएका छन् । प्रदेश २ मा नाम र राजधानी तोक्न आयोग बनाइएकोले विवाद हुने वा नहुने आयोगको रिपोर्टमा भर पर्छ । प्रदेश २ मा नाम तोक्नका लागि कुनैपनि एक पक्षको संख्याले मात्रै पुग्दैन ।

त्यहाँ राजपा, संघीय समाजवादी फोरम र नेकपाबीच सहमति हुनुपर्ने अवस्था रहेको छ । तर, नेकपाबाहेकका दुई दलले प्रदेशको नाम मधेश राख्नुपर्ने बताउँदै आएका छन् भने नेकपा जनकपुर वा मिथिला राख्नुपर्ने पक्षमा रहेको छ ।

प्रदेश ३ ले तिहार लगत्तै राजधानी र नाम पाउनेः
देशको राजधानी समेत रहेका प्रदेश ३ को नाम र राजधानी तोक्ने विषयमा अहिलेसम्म कुनै वहस भएको छैन् । प्रदेश ३ ले अब तिहार लगत्तै यसबारे निर्णय गर्ने मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिए । तिहारपछि बस्ने संसदको बैठकले राजधानी टुंगो लगाएरै छोड्ने बताएका हुन् ।

राजधानीको टुंगो लगाउन गाह्रो नभएको तर हतार नगरेको उनको दाबी छ । प्रदेशको नामकरणमा धेरै विवाद नभएको बताउँदै उनले भने, ‘नामको विषयमा केही प्रस्ताव आएको छैन । त्यसैले हतारो नगरेका हौं ।’

प्रदेश ३ को नाम राख्न प्रदेश सभाको संख्याको हिसाबले नेकपाले सक्ने भएपनि हेटौंडामा नै कायम राख्ने वा अन्यत्र सार्ने विषयमा सत्ता पक्षका नेताहरु नै आ–आफ्नै जोड घटाउमा लागेका छन् । सत्ता पक्षकै केही नेता भक्तपुर वा काभ्रेतिर सार्ने कि भन्ने लबिङ्गमा लागेको छन् ।

प्रदेश ५ मा कहिले टुंगो लाग्ने अनिश्चितः
प्रदेश ५ मा राजधानी र नामबारे अहिले केही सुर चलेको छैन् । यहाँ यसअघि अस्थायी राजधानी तोक्दा पनि ठूलै विवाद भएको थियो । अस्थायी तोक्दा त निकै विवाद भएपछि दलहरु अहिले नै स्थायी राजधानी र नाम तोक्न सहज अवस्था होला भन्न सकिन्न । सत्तारुढ नेकपालाई प्रदेशको संख्याका हिसाबले भने नाम तोक्न सहज छ ।

अहिले अस्थायी राजधानी बुटवल हो । सत्तापक्षकै कतिपय नेता दाङमा राजधानी सार्ने पक्षमा रहेका छन् । सत्तापक्षका नेताहरु यो विषयमा बुटवल नै कायम हुनुपर्ने र दाङमा सार्नुपर्ने विषयमा विभाजित छन् । त्यस्तै नाम लुम्बिनी राख्ने कि अरु राख्ने भन्नेमा पनि सत्तारुढ दलहरु नै विभाजित छन् ।

Logo