राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गर्नु भएको हो । "/>

यस्तो देखियो कतार जाँदा राष्ट्रपतिको विदाई (भिडियोसहित)

यस्तो देखियो कतार जाँदा राष्ट्रपतिको विदाई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गर्नु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाई गरेका थिए ।

अस्वस्थ भई अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सकेनन् । राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

Logo