विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजकको रुपमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ। "/>

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजकको रुपमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ। पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच भण्डारीलाई पार्टीले गण्डकी संयोजक नियुक्त भएको घोषणा गरेको हो ।

कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले पार्टीको परम्परा अनुरुप मातृभूमी (माटो) को टिका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गरेका हुन् । भण्डारी गण्डकी क्षेत्रको लोकप्रीय एफएम स्टेशन बिग एफएमका संचालक हुन् । उनी संचारकर्मी हुनुका साथै राष्ट्रिय तथा क्षेत्रीय दैनिकहरुमा राजनीतिक, सामाजिक र शैक्षिक विषयहरुमा विश्लेषणहरु लेख्ने गर्दछन्।

स्पष्ट र सशक्त वक्ताको रुपमा परिचित भण्डारीले विवेकशील साझा पार्टी निर्माणका क्रममा गण्डकी प्रदेश सँयोजकको महत्वपूर्ण भूमिकाको जिम्मेवारी दिईएकोमा खुशी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। महेश भण्डारी जस्तो इमान्दार, दृढ, स्पष्ट र समाज रुपान्तरणको प्रतिबद्धताले पूर्ण युवा गण्डकी जस्तो महत्वपूर्ण प्रदेशको नेतृत्वमा पाउनु विवेकशील साझा पार्टीको लागि गर्वको विषय भएको संयोजक रविन्द्र मिश्रले बताए।

पार्टीले सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का सँयोजकहरुको घोषणा गरिसकेको छ । हाल विवेकशील साझा पार्टी देशभरी संगठन विस्तारको अभियानमा छ। हालै पार्टीको केन्द्रीय नेतृत्वले सुदुर पश्चिम, कर्णाली र प्रदेश नम्बर ५ को भ्रमण गरेर पार्टी प्रशिक्षण तथा आम सर्वसाधारणहरुसँग अन्तरक्रिया गरेको थियो। छिट्टै प्रदेश नम्बर १ र २ मा पनि यस्तै कार्यक्रमहरुको आयोजना हुने पार्टीले जनाएको छ।

यसै शिलशिलामा शुक्रबार गण्डकी प्रदेशका झण्डै सय जना सदस्यहरुलाई पार्टी सँयोजकद्वय तथा केन्द्रीय सदस्यहरु डा. सूर्यराज आचार्य, केशव दाहाल र रञ्जु दर्शनाले प्रशिक्षण तथा अभिमुखिकरण दिएका थिए ।

Logo