कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ ९ गते बसेको बैठकले महासमिति बैठक मंसिर पहिलो साता राजधानीमा गर्ने निर्णय गरेको थियो।  बैठक मंसिर ५ देखि ९ गतेसम्म हुँदैछ। 

बैठकले काठमाडौं जिल्ला कार्यसमिति सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति पनि गठन गरेको छ। महासमिति बैठक तयारीबारे उपसमिति गठन गर्न कांग्रेसले कात्तिक १२ गते स्थानीय व्यवस्थापन समितिको बैठक बोलाएको छ।

Logo