काठमाडौं । रूघाखोकीसँगै ज्वरोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । "/>

प्रधानमन्त्रीलाई तीन दिन आराम गर्न चिकित्सकको सल्लाह

प्रधानमन्त्रीलाई तीन दिन आराम गर्न चिकित्सकको सल्लाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रूघाखोकीसँगै ज्वरोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माले रूघाखोकीसँगै ज्वरो आएकाले तीन दिन वेड रेष्ट गर्न सुझाव दिएका हुने ।

प्रधानमन्त्रीलाई आइसियूमा राख्ने तयारी भन्दै हल्ला फैलिरहेका बेला डा. शर्माले त्यस्तो सुझाव आफुहरुले नदिएको बताए । प्रधानमन्त्रीको छातीमा संक्रमण नदेखिए र किड्नी पनि राम्रो रहेको उनले बताए । सामान्य रुघाखोकीसँगै ज्वरो आएकाले तीन दिनसम्म आराम गर्न मात्र सुझाव दिएको उनको भनाई छ ।

डाक्टरहरुले तीनदिन सम्म आराम गर्न सुझाएपनि प्रधानमन्त्री ओलीको आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठकमा सहभागि हुने छन् ।

यसअघि शुक्रबार तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि ओली शनिबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत गएका थिएनन् ।

किड्नी ट्रान्सप्लान्ट गरेको बिरामीलाई इन्फेक्सन हुँदा स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको एघार वर्षअघि २०७४ मा किड्नी प्रत्यारोपण गरेका थिए ।

Logo