बाबुराम भट्टराई चियापान बहिस्कार गरेर फिल्म हलमा (भिडियो)

बाबुराम भट्टराई चियापान बहिस्कार गरेर फिल्म हलमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रम बहिस्कार गरेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई चलचित्र हेर्न हलमा पुगेका छन् । चलचित्र ‘जय भोले’ हेर्न पत्नी हिसिला यमीका साथ् नेता भट्टराई सिभिल मल पुगेका हुन्। 

चलचित्र हेरेर फर्केका नेता भटराईले चलचित्रले मौलिकपन बोकेकाले राम्रो लागेको प्रतिक्रिया दिए । उनले चलचित्रले गरिव र धनीबीचको सम्बन्ध देखाउन खोजेको जानकारी दिए।

चलचित्र ‘जय भोले’ असोज ३० गतेबाट प्रदर्शनमा आएको हो । अशोक शर्माको निर्देशन रहेको यस चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको छ ।

जय भोलेमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सलोन बस्नेत, बुद्वि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, सुरविर पण्डित, सारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कमेडी जनरामा बनेको यो चलचित्रको टेलरमा भएको डाइलगले टिकटक म्युजिकल्लीमा पनि निकै चर्चा बटुलेको छ । खगेन्द्र लामिछानेको लेखन रहेको यस चलचित्रलाई राजु ढुङ्गानाले सम्पादन गरेका छन् ।

Logo