नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताएका छन् । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले समयअनुसार सबैलाई समेट्ने गरी विधान संशोधन गर्ने बताएका हुन् । "/>

सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ: नेता सिंह

सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ: नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताएका छन् । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले समयअनुसार सबैलाई समेट्ने गरी विधान संशोधन गर्ने बताएका हुन् । “सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन,”–उनले भने ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको काङ्ग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाए । “पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो,”–उनले भने ।

काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले काङ्ग्रेस चल्न नसक्ने बताए । “नेता होइन नीति, व्यक्ति होइन विचार काङ्ग्रेसभित्र आवश्यक छ,”–उनले भने।
काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउनका लागि आफू लागिरहेको बताए । उहाँले काङ्ग्रेस अहिले लथालिङ्ग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने विचार राखे ।

प्रदेश सांसद जीवन डङ्गोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने बताए । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औँल्याइन् ।

काङ्ग्रेस टोखा नगरपालिका– १० का अध्यक्ष तेजप्रसाद सेडाईंको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ काङ्ग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी, काङ्ग्रेस टोखा नपाका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नपा– ११ का वडाअध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

Logo