काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । "/>

सत्तारुढ नेकपालाई वैधानिकता, ऋषि कट्टेलको निवेदन खारेज

सत्तारुढ नेकपालाई वैधानिकता, ऋषि कट्टेलको निवेदन खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो ।

कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । शुक्रबार बसेको निर्वाचन आयोगका आयुक्तहरुको इजलासले कट्टेलको निवेदन खारेज गर्दै सत्तारुढ दललाई नेकपाको वैधानिकता प्रदान गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले उक्त निर्णय गरेको हो । दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।

कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलग अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको प्रवक्ता सुवेदीले बताए ।

Logo