नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन् । "/>

किन रोए बास्तोलाको शोक सभामा नेता बिमलेन्द्र निधी (भिडियोसहित)

किन रोए बास्तोलाको शोक सभामा नेता बिमलेन्द्र निधी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएको योगदानको चर्चा गरे । उनले नेता बास्तोलालाई अदभूत क्षमता भएका नेताको रुपमा पनि स्मरण गराए । उपसभापति निधिले नेता बास्तोलाले भारतसँगको सीमा समस्या समाधान सम्बन्धि लिनु भएको अडानको पनि तारिफ गरे ।

मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए । नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित थिए ।

 

Logo