काठमाडौं । नेकपाले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । "/>

नेकपाको प्रदेश कमिटी सदस्य चयनको जिम्मा दुई नेतालाई

नेकपाको प्रदेश कमिटी सदस्य चयनको जिम्मा दुई नेतालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन गरेको हो । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी जिम्मेवारी पाएको कार्यदलका सदस्य समेत रहेका महासचिव विष्णु पौडेलले जानकारी दिए । सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।

 

Logo