काठमाडौं । नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई सम्झेर शोकसभामै रोएका छन् । बास्तोलाको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् । "/>

जब चक्र बास्तोलाको शोक सभामै विमलेन्द्र निधि रोए

जब चक्र बास्तोलाको शोक सभामै विमलेन्द्र निधि रोए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई सम्झेर शोकसभामै रोएका छन् । बास्तोलाको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् ।

शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भएको थियो । उनी केही सहज हुन प्रयास गर्दै थिए । तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले । सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा चित्रण गरे ।

विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै किसुनजी र गिरिजा बाबुलाई मात्र नभएर सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लगेको बताए । यति भन्दा उनले आँशु पुछे ।

 

Logo