काठमाडौं । कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी–कर्मचारीसहितको विदेश भ्रमण रोकिएको हो । "/>

अन्ततः कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकियो

अन्ततः कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कृषि मन्त्रालयका सहसचिवसहित १९ जनाको विदेश भ्रमण रोकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कालीमाटी तरकारी तथा फलफूल विकास समितिका पदाधिकारी–कर्मचारीसहितको विदेश भ्रमण रोकिएको हो ।

उनीहरु सरकारी खर्चमा थाइल्याण्ड र भियतनाम जाने तयारीमा थिए । उनीहरुको यही ९ कात्तिकदेखि १५ कात्तिकसम्म भ्रमण मिति समेत तोकिएको थियो । भ्रमणको सबै खर्च विकास समितिले व्यहोर्ने व्यवस्था गरिएको थियो ।

भ्रमण टोलीमा विकास समितिका ११ जना पदाधिकारी तथा मन्त्रालय र समितिका ५ जना कर्मचारी तथा तीन जना विभाग र मन्त्रालयका कर्मचारी गरी जम्मा १९ जना भ्रमण टोलीमा सहभागी हुने कार्यक्रम रहेको थियो । कालिमाटी तरकारी तथा फलफूल विकास समितिका १९ जना पदाधिकारीहरु विदेश भ्रमणमा जान लागेकोबारे हेलो सरकारमा गुनासो परेको थियो ।

समितिले जातेआते, घुम्ने तथा भत्तासमेत गरी ४० लाख रुपैयाँ छुट्याएको थियो । प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा भ्रमण औचित्यहीन भएको उजुरी परेको थियो । उजुरीको कारवाहीस्वरुप कार्यालयले मन्त्रालयसँग औचित्य माग्दा चित्तबुझ्दो औचित्य नआएपछि भ्रमण रद्द गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Logo