काठमाडौं । सेक्सुअल हेरेस्मेन्ट आरोप लागेका प्रदेश ३ का मन्त्री केशव स्थापितबारे प्रदेश सरकारले छानबिन थालेको छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर रहेका स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि प्रदेश ३ को सरकारले छानबिन थालेको हो । "/>

यौन हिंसाको आरोप लागेका मन्त्री केशव स्थापितमाथि प्रदेश सरकारले छानबिन थाल्यो

यौन हिंसाको आरोप लागेका मन्त्री केशव स्थापितमाथि प्रदेश सरकारले छानबिन थाल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सेक्सुअल हेरेस्मेन्ट आरोप लागेका प्रदेश ३ का मन्त्री केशव स्थापितबारे प्रदेश सरकारले छानबिन थालेको छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर रहेका स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि प्रदेश ३ को सरकारले छानबिन थालेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री स्थापितमाथि छानविन थालिएको बताए । दोषी प्रमाणित भए कारवाही गर्ने मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आन्तरिक रुपमा छानविन गरिरहेको भन्दै दोषी प्रमाणित भए कारवाही गरिने बताए । उनीमाथि लागेको आरोप धेरै पुरानो भएको भन्दै त्यसको सत्यताबारे पनि छानविन भईरहेको मुख्यमन्त्री पौडेलेको भनाई छ ।

मुख्यमन्त्री पौडेलले यो आरोप बाहिर आइसकेपछि मन्त्री स्थापितसंग कुराकानी हुन नपाएको बताए । ‘मि टु मुभमेन्ट’ अभियान सशक्त हुँदै जाँदा आफूहरुले भोगेका यौन हिंसाका घटना सामाजिक संजालबाट व्यक्त गरिँदै जाँदा मन्त्री स्थापित पनि मुछिएका हुन् ।

उनीमाथि पत्रकार रश्मिला प्रजापतिले सेक्सुअल हेरेस्मेन्टको आरोप लगाएकी हुन् । रेडियो कान्तिपुरमा आर.जे समेत रहेकी प्रजापतिले स्थापितले आफूमाथि गरेका यौन दुव्र्यवहारको बारेमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन् ।

‘मि टु मुभमेन्ट’ मा मुछिए प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित

Logo