ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतिय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन गर्ने बताएका छन् । "/>

विजुली बस चढेपछि ओलीले भने, ‘अब सबैको घर घरमा बिजुलीबाट खाना पाक्छ’ (भिडियोमा)

विजुली बस चढेपछि ओलीले भने, ‘अब सबैको घर घरमा बिजुलीबाट खाना पाक्छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतिय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन गर्ने बताएका छन् । मंगलबार ललितपुरको पुलचोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्‍याउने लक्ष्यसहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने बताए ।

त्यसका लागि विद्युतिय यातायात साधन प्रर्वद्धनका लागि लगानी गर्ने सरकारी निकायबीच छलफल भईरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले हालको लागि थोरै संख्यामा विद्युतीय बस संचालन गर्ने प्रयास गरिएको भएपनि यसले दीर्घकालिन रुपमा ठुलो उद्देश्य तर्फ संकेत गरेको बताए ।

आफुले अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जुमा गर्नुपर्छ भनेको स्मरण गर्दै उनले विद्युतिय यातायातलाई राष्ट्रिय कार्य योजनाको रुपमा विकास गरेर अघि लैजाने सवालमा विद्युतीय बस संञ्चालनलाई सो कार्य योजनाको सुरुवातको रुपमा आफुले बुझेको बताए । साझाद्धारा काठमाडौं उपत्यकामा संञ्चालन गर्न लागिएको बिजुली बस देशव्यापी रुपमा स्वच्छ उर्जाको रुपमा सबैको ध्यान तान्न सक्षम हुने विश्वास आफुले लिएको बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्नेछ ।

 

Logo