काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तिहारलगत्तै केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी सुरु गरेको छ । नेकपा केन्द्रीय सचिवालयमा सरकारको काम र मन्त्रीहरुको मूल्यांकन गर्ने एजेण्डा नै राखिएको छ । "/>

नेकपामा फेरि प्रवेश गर्‍यो मन्त्री फेर्ने बहस, प्रधानमन्त्री पनि तारोमा

नेकपामा फेरि प्रवेश गर्‍यो मन्त्री फेर्ने बहस, प्रधानमन्त्री पनि तारोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तिहारलगत्तै केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी सुरु गरेको छ । नेकपा केन्द्रीय सचिवालयमा सरकारको काम र मन्त्रीहरुको मूल्यांकन गर्ने एजेण्डा नै राखिएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समग्र सरकारको मूल्यांकनसँगै मन्त्रीहरुको कामको पनि समीक्षा हुने बताए । ‘सचिवालयमा दुवै विषयमा छलफल हुन्छ,’ उनले सांकेतिक रुपमा भने, ‘सरकारको गति बढाउन पार्टीले नीतिगत सुधार गर्छ ।’

गत भदौमा नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको थियो । सरकार पुनर्गठन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल तयार रहे पनि प्रधानमन्त्री ओलीले दसैं तिहारसम्म हेरौं भन्ने जवाफ दिएका थिए ।

मन्त्रीहरुको कामको सुक्ष्म अध्ययन गरिरहेका प्रधानमन्त्री पनि कतिपय मन्त्रीहरुलाई विदा गर्ने मुडमा रहेको बालुवाटार स्रोतको दाबी छ । ‘केही मन्त्रीज्यूहरुमा सुधारको गति नदेखिएको प्रधानमन्त्रीको रिडिङ छ,’ बालुवाटार स्रोत भन्छ, ‘त्यसमा केही कदम पार्टीले चाल्न सक्छ ।’ नेकपा महासचिव विष्णु पौडेलले सचिवालयको बुधबार बस्ने बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।

प्रधानमन्त्री पनि तारोमा
मन्त्रीहरुको कामको मूल्यांकन मोवाइल एपमार्फत गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं पार्टीको तारो भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललगायतले प्रधानमन्त्रीको कार्यशैलिमा नै असन्तुष्टि जनाएका छन् ।

पूर्ववर्ती माओवादी मन्त्रीहरुको ब्रिफिङका आधारमा प्रधानमन्त्रीको कार्यशैलिबारे अध्यक्ष पुष्पकमल दाहालले पनि प्रश्न उठाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले मन्त्रीहरुको कामका हस्तक्षेप गरेको, प्रधानमन्त्रीको सचिवालयले मन्त्रीहरुमाथि ‘सुराकी’ खटाएर मानमर्दन गरेकोजस्ता आरोप पूर्ववर्ती माओवादी मन्त्रीहरुको छ । लालबाबु पण्डितलगायतका पूर्वएमाले मन्त्रीहरुले पनि प्रधानमन्त्री र उनको सचिवालयबाट सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।

‘सेफ’ मा गृह र अर्थमन्त्री
नेकपामा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. युवराज खतिवडामाथि निरन्तर प्रश्न उठिरहे पनि दुवै सुरक्षित रहेको स्रोतको दाबी छ । नेकपा अध्यक्ष दाहाल थापालाई तत्कालै हटाउने योजनामा छैनन् भने प्रधानमन्त्री ओली अर्थमन्त्रीलाई दुवै वर्षसम्म काम गर्न दिने मुडमा छन् ।

लालबाबु पण्डितको विकल्पबारे पनि दुवै नेताले नसोचेको स्रोतको भनाई छ । तर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, गिरिराजमणि पोखरेललगायतका मन्त्रीहरुको कामको मूल्यांकन भने सकारात्मक छैन । ईश्वर पोखरेल, गोकर्ण विष्ट, पद्मा अर्याल, शक्ति बस्नेत, चक्रपाणि खनालको काम भने औषत रहेको मूल्यांकन छ ।

Logo