चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी सांसदहरूले बताएका छन । "/>

‘जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ’

‘जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ’

केन्द्रबिन्दु
0
Shares

चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी सांसदहरूले बताएका छन ।

जनताले समस्या समाधान गर्ने जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्ने दायित्व काँधमा आएको प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बताए । हामी जनताका भरिया हौँ, उनले भने “चुनावमा उठाइएका मुद्दा थाँती राख्दैनाँै ।”

प्रतिनिधिसभामा गरीब बस्तीका आधारभूत सुविधाका कुरासँगै वर्षौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपूर्जा, आरक्ष विस्थापित पुनःस्थापनका कुरा, मुक्तकमैया, बाढीपीडित र सुकुम्वासीका कुरा उठाएको चर्चा गर्दै उनले कानूनले पूर्णता पाउने बित्तिकै सबै कुरा पूरा हुने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेशका सदस्य महेशदत्त जोशीले प्रदेशमा कर्मचारी अभाव हँुदा कार्य अगाडि बढाउन समस्या रहेको बताए । “प्रदेशका खटाइएका कर्मचारी आएका छैनन् । आउनेलाई एक तह बढुवा गर्ने भनेका छौँ । त्यसपछि पनि नआए कारवाही गर्ने प्रदेश सरकारको तयारी रहेको छ” उनले भने । सर्वसम्मत रूपमा प्रदेशको राजधानी गोदावरी तोक्ने कार्य गरिएको बताउँदै उनले कतै पनि असहमति नभएको जिकिर गर्नुभयो ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिकाको विकासका लागि द्रूतगतिमा कार्य अगाडि बढाइएको बताएका छन । निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलबका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको उनको भनाइ थियो । रासस

Logo