सरकारले काम गर्न नसकेको झलनाथ खनालको आरोप

सरकारले काम गर्न नसकेको झलनाथ खनालको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताउनु भएको हो । महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उहाँको भनाइ थियो ।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गर्नुभयो । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उहाँको सुझाव थियो ।

 

Logo