नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ढप्रचण्डणले नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकिएको बताएका छन् । "/>

‘वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो’- प्रचण्ड

‘वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो’- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ढप्रचण्डणले नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकिएको बताएका छन् ।

शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले भने ‘ अब रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो । यसमा केही टेन्सन लिनुपर्दैन ।’

दाहालले भने, ‘हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो। हामी अब देश विकासमा लाग्छौं।’ काठमाडौं ७ का तत्कालीन एमाले सांसद रामवीर मानन्धरले गौतमलाई ठाउँ खाली गर्न भन्दै राजीनामा दिने घोषणा गरे पनि अन्ततः जताततैको चर्को विरोधले वामदेव पनि अगाडि बढ्न सकेनन् र रामवीरको बार्गेनिङ पनि थन्किएको छ ।

Logo