काठमाडौं । नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभामा प्रवेश गराउन काठमाडौं– ७ बाट राजीनामा दिएको सांसद रामवीर मानन्धरको राजनीतिमा धक्का लागेको छ । "/>

वामदेव गौतमको संसद प्रवेश: रामवीरको राजनीतिमा धक्का

वामदेव गौतमको संसद प्रवेश: रामवीरको राजनीतिमा धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभामा प्रवेश गराउन काठमाडौं– ७ बाट राजीनामा दिएको सांसद रामवीर मानन्धरको राजनीतिमा धक्का लागेको छ ।

कांग्रेसको पकड क्षेत्रमा निरन्तर जीत निकालिरहेका मानन्धरले काठमाडौं– ७ बाट राजीनामा दिने घोषणा गरेलगत्तै उनीप्रति आलोचना सुरु भएको थियो । पार्टीका शीर्ष नेता र सामाजिक सञ्जालमा तीब्र विरोध भएपछि गौतम चुनाव लड्ने निर्णयबाट पछि हटिसकेका छन् । गौतम पछि हटेपछि मानन्धरको राजनीतिक हार पनि सुरु भएको छ ।

राष्ट्रिय सभामा मनोनित सांसद र मन्त्रीको आश्वासनमा राजीनामा गर्न तयार रहेको सार्वजनिक भएपछि मानन्धरको आलोचना भएको थियो । ‘राम भनेर पठाएको, हनुमान निस्किएछ’ भन्दै उनीविरुद्ध पनि कटाक्ष भएका थिए ।

मानन्धरले भने आफ्नो पूर्वनिर्णयको बचाउ गरेका छन् । ‘मैले राजीनामा दिएको थिइनँ, पार्टीले भनेको खण्डमा दिन्छु भनेर घोषणामात्रै गरेको हो,’ उनले भने, ‘म पार्टीको कार्यकर्ता भएका नाताले त्यति भन्नु गलत नहोला कि ।’

‘लो प्रोफाइल’ मा रहेर काम गरिरहेका मानन्धरले मन्त्रीको लोभमा सांसद पद नै बिक्री गर्न खोजेको आरोप लागेको थियो । त्यही क्षेत्रका नेता वसन्त मानन्धरलगायतका नेताहरुले पद र शक्तिका लागि जनताको जनादेश बेच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

दुई पटक वडाध्यक्ष जितेका र सांसद उम्मेदवार भएपछिका दुवै चुनाव जितेका मानन्धरले जनताको विश्वास गुमाउने काम गरेको आरोप लागेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललले नै ‘सिट गुम्ने गरी उपनिर्वाचन नहुने’ प्रष्ट पारिसकेका छन् ।

काठमाडौं– ७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर बर्दियाबाट पराजित नेता गौतमलाई उठाउने निर्णयमा पार्टीका वरिष्ठ नेताहरु नै खुला विरोधमा उत्रिएपछि निर्णय अल्पमतमा परेको थियो । अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक प्रतिक्रिया नआए पनि नेकपा नेताहरु ईश्वर पोखरेल, भीम रावललगायतका नेताहरु विरोधमा उत्रिएका छन् ।

नेकपा नेता भीम रावलले वामदेवलाई उम्मेदवार बनाउने निर्णय पार्टीको कार्यकारी निकायमा छलफलसमेत नभएको भन्दै गम्भीरता देखाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

शीर्ष नेताहरुको नै असन्तुष्टि र स्थानीय नेताहरु प्रदेशसभा सदस्यहरु वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर ‘ब्याक’ हुन आग्रह गरेका थिए ।

गएको चुनावको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका न्हुच्छेकाजीले त नेवार समूदायको बाक्लो वस्ती रहेको काठमाडौं– ७ मा वामदेवलाई चुनाव जिताउन कठीन हुने बताएका थिए ।

 

Logo