काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् । "/>

प्रचण्ड भन्छन्, ‘हार्ने हिसाबले काठमाडौं ७ मा उपनिर्वाचन हुँदैन’ (भिडियोमा)

प्रचण्ड भन्छन्, ‘हार्ने हिसाबले काठमाडौं ७ मा उपनिर्वाचन हुँदैन’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् ।

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा लडाउने चर्चा भईरहेका बेला अध्यक्ष दाहालले सो सम्बन्धमा पार्टी भित्र निर्णय भईनसकेको प्रष्ट पारेका हुन् ।

अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे । बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको बताए । पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गरे । एक फरक प्रशंगमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले एमाले र माओवादीबीच पार्टी एकता गराउन माता पाथिभराको आर्शिवादले काम गरेको दाबी गरे ।

Logo