काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । नेकपा नेता बामदेव गौतमको लागि भन्दै मानन्धरले राजीनामा दिएका हुन् । "/>

बामदेवको लागि सांसद रामवीर मानन्धरले काठमाडौं ७ छाडे

बामदेवको लागि सांसद रामवीर मानन्धरले काठमाडौं ७ छाडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । नेकपा नेता बामदेव गौतमको लागि भन्दै मानन्धरले राजीनामा दिएका हुन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको हो ।

उक्त क्षेत्रबाट उपनिर्वाचनमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘पार्टीले भने बमोजिम मैले राजीनामा दिएको हुँ।’ वामदेव गौतमले तत्कालीन एमाले-माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको उनले बताए।

तर पार्टीको आधिकारिक निर्णय आउन बाँकी छ । उनले राजीनामा स्वीकृतिा लागि पार्टीमा निवेदन दिएका छन् । पार्टीले राजीनामा गर्न निर्देशन दिएपछि आफूले सभामुखसमक्ष राजीनामा दिने प्रष्ट पारे । ‘राजीनामा स्वीकृति गरिपाउँ भनेर सचिवालय बैठकमा निवेदन दिएको छु । पार्टीको भोलिसम्ममा आधिकारिक निर्णय आउला, त्यसपछि राजीनामा दिने नै हो।’

 

Logo