काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसंग आकस्मिक भेट गरेका छन् । "/>

नेकपा सचिवालय बैठक रोकेर प्रधानमन्त्री र अख्तियार प्रमुखबीच भेटवार्ता

नेकपा सचिवालय बैठक रोकेर प्रधानमन्त्री र अख्तियार प्रमुखबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसंग आकस्मिक भेट गरेका छन् । बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकलाई नै रोकेर प्रधानमन्त्री ओलीले अख्तियार प्रमुख घिमिरेसँग आकस्मिक भेट गरेका हुन् ।

बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरे बालुबाटार पुगेपछि प्रधानमन्त्रीले सचिवालय बैठक रोकेका हुन् । प्रधानमन्त्रीसँग अख्तियार प्रमुख भएपछि भएको पहिलो भेटलाई निकै महत्वका साथ हेरिएको छ । भेटका के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

 

Logo