काठमाडौं । सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । "/>

चौतर्फी दबावपछि निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

चौतर्फी दबावपछि निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले आफ्नो वेटसाईट मार्फत सार्वजनि गरेको ३७ पृष्ट लामो प्रतिवेदनमा निर्मलाको घाँटी थिचेर हत्या गरेको र घाँटीको अगाडिपट्टिको किलकिले हड्डी भाँचिएको उल्लेख गरिएको छ ।

समितिले आफ्नो अनुसन्धानको क्रममा विभिन्न कोणबाट घटनासँग सम्बन्धित तथ्य, सूचना, जानकारी आदीको माध्यमलाई आधार मानिएको जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयलमा उपलब्ध कागजातको अध्ययन, निर्मला पन्तको हत्या घटनाको सम्बन्धमा अनुसन्धान गर्न जिल्ला प्रहरीले गठन गरेको अनुसन्धानको टोलीको कामकारवाही, त्यस क्रममा खडा गरिएका मुचुल्का, मिसिल समेतका कागजात, तालुक कार्यालयहरुमा गरिएका प्रतिवेदनको अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।

त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए । अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

Logo