काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर एक्कासी स्थगित भएको हो । "/>

अन्तिम समयमा आएर नेकपा सचिवालय बैठक स्थगित

अन्तिम समयमा आएर नेकपा सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर एक्कासी स्थगित भएको हो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । तर रातिसम्म आन्तरिक विवादको व्यबस्थापन गरेर मात्र बैठक बोलाउने विषयमा ओली र दाहालबीच कुराकानी भएपछि बैठक स्थगित गरिएको नेकपा एक नेताले बताए ।

आइतबारको बैठकमा सरकारका काम कारवाही कसरी प्रभावकारी बनाउने भन्ने तथा वरिष्ठ नेता माधव नेपालले पार्टीमा दर्ता गराएको नोट अफ डिसेन्टबारे छलफल हुने बताइएको थियो।

नेता नेपालले ९ सदस्यीय केन्द्रीय सचिवालयका सबै सदस्यको सहमतिमा निर्णय हुनुपर्नेमा त्यसको उल्लंघन गरिएको, आफू र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा बैठक गरिएको र आफू नभएको बेला बैठक डाकेर महत्वपूर्ण निर्णय गरिएको भन्दै असहमति जनाएका थिए । स्थगित बैठक भोलि विहान ८ बजे बस्नेछ।

 

Logo