काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । "/>

देउवा भन्छन्, ‘ओली सरकार त नालायक भयो’ (भिडियोसहित)

देउवा भन्छन्, ‘ओली सरकार त नालायक भयो’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

शनिबार नेपाल विद्यार्थी संघ, डडेल्धुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए ।

वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क गरे ।

Logo