सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताएका छन् । "/>

सरकारको ‘गियर’ बदल्ने प्रचण्डको उद्घोष (भिडियोसहित)

सरकारको ‘गियर’ बदल्ने प्रचण्डको उद्घोष (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताएका छन् । 

अध्यक्ष दाहालले पार्टी भित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्तगरेका हुन् । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट चर्को आलोचना भईरहेका बेला उहाँले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने योजना अघि सरेका हुन् ।

शनिबार दसैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ‘गियर बदल्दै गाडीको गति दिए जसरी नै सरकारको काममा गति दिने बताए  । अध्यक्ष दाहालले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि स्मरण गराए  ।

अध्यक्ष दाहालले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी पनि दिए  । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दावी पनि गरे । भोली आईतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भईरहेको भन्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

 

Logo