काठमाडौं । नेपाल प्रहरी शान्ति सुरक्षा प्रदान गर्न असक्षम रहेको दावी गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकी अनेरास्ववियू अध्यक्ष नविना लामाले यस विषयमा थप नबोल्ने बताएकी छन् । "/>

आईजीपी प्रकरणमा नविना लामा तत्काल केही नबोल्ने

आईजीपी प्रकरणमा नविना लामा तत्काल केही नबोल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरी शान्ति सुरक्षा प्रदान गर्न असक्षम रहेको दावी गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकी अनेरास्ववियू अध्यक्ष नविना लामाले यस विषयमा थप नबोल्ने बताएकी छन् ।

बिहीबार प्रहरी प्रमुखको बर्खास्तीको माग गर्दै सत्तारुढ दल नेकपा भातृ संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सत्तारुढ दलभित्रै विवाद सुरु भएको छ । विवाद सिर्जना भएपछि अनेरास्ववियु अध्यक्ष नविनाले यस विषयमा थप केही नबोल्ने बताएकी हुन् ।

देशमा शान्ति सुरक्षा, तथा निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसक्ने प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने आफुहरुको माग भएको भन्दै मिडियाहरुले बढाई चढाई गरेको आरोप लगाईन ।

उनले भने, ‘हाम्रो माग भनेको सर्बेन्द्र खनाललाई हटाउनुपर्छ भन्ने होईन् । प्रहरी संगठन चलाउन नसक्ने प्रहरी प्रमुखको बर्खास्तीको माग गरेका हौं ।’ यो विषयमा तत्काल केही नबोल्ने बताउँदैं उनले भनिन्, ‘हामीले आफ्ना मागहरु गृहमन्त्रीलाई राखिसकेका छौं । यस विषयमा म केही बोल्दिन् । समय आएपछि बोलौंला ।’

Logo