काठमाडौं । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर बिहिबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् । "/>

११ दिनपछि अमेरिकाबाट स्वदेश फर्किदा ओलीलाई सेनाको सलामी (भिडियोसहित)

११ दिनपछि अमेरिकाबाट स्वदेश फर्किदा ओलीलाई सेनाको सलामी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर बिहिबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली बिहिबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

त्यस अवसर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतका नेताहरुले प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो संयुक्त राष्ट्रको भ्रमण हालसम्मकै सबैभन्दा उपलब्धिमूलक भएको बताए । उनले अमेरिका, बेलायत, क्यानडा लगायतका सरकार प्रमुख, राष्ट्र प्रमुखसँग भएको भेटवार्ता हालसम्मकै प्रभावकारी भएको उल्लेख गर्दै त्यसको प्रभाव समयक्रममा देखापर्दै जाने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आफूले महासभाको बैठकमार्फत विश्वलाई नै नेपालको राजनीतिक उपलब्धिका सम्बन्धमा, सरकारका नीतिका सम्बन्धमा दुविधा नहुनेगरी स्पष्ट सन्देश दिएको स्मरण गराए ।

Logo