काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै सत्तारुढ दलकै भातृ सँगठनले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । "/>

निर्मला काण्डपछि प्रहरी प्रमुखको पद नै धरापमा, बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

निर्मला काण्डपछि प्रहरी प्रमुखको पद नै धरापमा, बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै सत्तारुढ दलकै भातृ सँगठनले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सत्तारूढ दलका दुर्इ भातृ संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्त्किारी) ले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन् ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रित हुनुपर्ने उनीहरुको माग छ । देशभरि महिला हिंसाका साथै अपराधिक गतिविधि बढ्दै गए पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरीक्षकले कुनै चासो नलिएका कारण राजीनामा माग गरिएको उनीहरुले बताएका छन् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा आईजीपीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

Logo