काठमाडौं । निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा मागिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय दिन चुकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरिएको हो । "/>

जब सिंहदरबारबाटै गृहमन्त्री र आईजीपीको राजीनामा मागियो

जब सिंहदरबारबाटै गृहमन्त्री र आईजीपीको राजीनामा मागियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा मागिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय दिन चुकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरिएको हो ।

त्यो पनि देशकै प्रमुख प्रशानिक केन्द्र सिंहदरबारको गेटमै युवा युवतीहरुले गृहमन्त्री र आईजीपीको राजीनामा माग गरेका हुन् । ब्यानर र पप्पलेटसहित उनीहरुले केहीबेर सिंहदरबार गेट अगाडि बसेर धर्ना समेत दिएका हुन् । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्री र आईजीपीको राजीनामा माग गरेका हुन् ।

बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा धर्ना र दिएका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने बताएका हुन् । साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

उनीहरुले ‘एसपी विष्टलाई प्रमाण नष्ट गरेकोमा कारवाही गर, ‘बोल बोल बोल ! अपराधीको पोल खोल,’ ‘न्याय मार्न पाईदैंन’ अत्याचारी शासन चाहिदैंन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

निर्मलाको न्यायका लागि निषेधित क्षेत्र सिंहदरबारमा धर्ना

Logo