काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । "/>

शेखर कोइराला भन्छन्, ‘सभापतिलाई धेरै अधिकार दिनु गलत हो’

शेखर कोइराला भन्छन्, ‘सभापतिलाई धेरै अधिकार दिनु गलत हो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततः कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कांग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै यो गलत भएको बताए । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” उनले भने ।

जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाको छ । रासस

 

Logo