काठमाडौं । नेपालको नक्सामा लिपुलेक नसमेटिएको नक्सा प्रयोगमा ल्याएपछि सरकारो चर्को आलोचना तथा विरोध भईरहेको छ । लिपुलेक नेपालको नक्सामा नसेटिएको नापी विभागले नै जनाएको थियो । "/>

नापी विभागका प्रमुख भन्छन्, ‘लिम्पियाधुरा कहाँ नेपालको हो र ? त्यो त नक्सामा छैन’

नापी विभागका प्रमुख भन्छन्, ‘लिम्पियाधुरा कहाँ नेपालको हो र ? त्यो त नक्सामा छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको नक्सामा लिपुलेक नसमेटिएको नक्सा प्रयोगमा ल्याएपछि सरकारो चर्को आलोचना तथा विरोध भईरहेको छ । लिपुलेक नेपालको नक्सामा नसेटिएको नापी विभागले नै जनाएको थियो । तर त्यही विभागले वर्षौदेखि लिम्पियाधुराविनाको नक्सा प्रयोग गर्दै आईरहेको रहेछ भन्दा अचम्म लाग्नसक्छ ।

नापी विभागले प्रयोग गर्दै आएको नक्सामा वर्षौदेखि नेपाल भारत र चीनसँग सीमा जोडिएको लिम्पियाधुरा समेटिएको छैन् । हामीहरु लिम्पियाधुरा नेपालको हो भनेर दाबी गरिरहेका बेला विभागले भने भारतको दाबी गर्दै आएको छ ।

नापी विभागले वर्षोदेखि नेपालकै उत्तरविन्दु लिम्पियुधुरा नै गायव गरेर वर्षौदेखि देखिको नक्सा प्रयोग गर्दै आएको पाईएको हो । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ ।

भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्।

लिम्पियाधुरा कालापानी–लिपुलेकभन्दा ३० किलोमिटर पश्चिमको भूभाग हो । लिम्पियाधुरा इलाका सरक्क छाडिदिएको नेपाल सरकारले यतिबेला कालापानी–लिपुलेक क्षेत्रसमेत छाडेर बनाएको नक्सा प्रयोगमा ल्याइरहेको छ । उक्त भूमि पनि भारतले कब्जामा लिइरहेको छ ।

यसको विरोधमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नापी विभागलाई चेतावनी दिएको छ । बुधबार दिउँसो मैनबत्ती बालेर नेपालको सिमाना खोज्ने कार्यक्रम आयोजना गरेर विभागको ध्यानाकर्षण गराएको हो ।

नापी विभागका नायब महानिर्देशक सुरेशमान श्रेष्ठसँग नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ भनी प्रश्न गर्दा उनी भन्छन्, ‘लिम्पियाधुरा नेपालको नक्सामा धेरै पहिलेदेखि छैन् । त्यसरी नरहनुको कारण भने मलाई थाहा छैन् ।’

नापी विभागको गठन हुनुभन्दा पहिलादेखि नै उक्त भूभाग भारतमा रहेको उनको तर्क छ । ‘कित्ता नापीमा कालापानी र लिपुलेक नेपालतिर नै छ । तर लिम्पियाधुरा भने पहिल्यै छुटाईएको हो,’ उनले भने । राजतन्त्रको बेला नै यो जानी–जानी नेपालको नक्सामा राख्न छुटाईएको उनी बताउँछन् ।

‘नापीले राख्ने की भनेर राय लिएको थियो । तर, तत्कालीन दरबार र शाही सेनाद्वारा नराख्न दबाब आएपछि लिम्पियाधुरा नराखेको हो ।’ उनले त्यसमा तत्कालीन दरबार र सेनाको विशेष ‘इन्ट्रेस्ट’ रहेको बताए ।

तस्बिरः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा संयोजक फणिन्द्र नेपालको फेसबुकबाट

Logo