काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ । प्रदेशसभा गठन भएको लामो समयपछि प्रदेश ७ ले राजधानी र नाम पाएको हो । "/>

गोदावरीलाई प्रदेश राजधानी किन तोकियो ? तारालामा तामाङको यस्तो जवाफ

गोदावरीलाई प्रदेश राजधानी किन तोकियो ? तारालामा तामाङको यस्तो जवाफ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ । प्रदेशसभा गठन भएको लामो समयपछि प्रदेश ७ ले राजधानी र नाम पाएको हो । प्रदेश राजधानी गोदावरी तोकिएसँगै त्यसको विरोधमा धनगढी बन्द छ । त्यहाका स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले धनगढीलाई प्रदेश राजधानी तोक्न माग गरेका छन् ।

जुन अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो । राजधानी र नाम तोक्ने विषयमा प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा गठन गरिएको समितिले राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश सिफारिस गरेको थियो । उक्त सिफारिस प्रदेश सभाले बहुमतको आधारमा अनुमोदन समेत गरेको छ । यसैविषयमा संयोजक तारालामा तामाङसँग हामीले कुराकानी गरेका छौंः

१) गोदावरी नै किन प्रदेश राजधानी तोक्न सिफारिस गर्नुभयो ?
अत्तरियामाथि गोदावरी क्षेत्र ठिक छ भन्ने भयो त्यसलाई नै सिफारिस गरिएको हो । सबैको सल्लाह अनुसार नै गोदावरी अलि खुल्ला ठाउँ भएकाले राजधानी तोकिएको हो ।

२) विज्ञहरुको पनि सल्लाह लिनु भएको थियो र ?
हामीले कुनै पनि विज्ञसँग सल्लाह लिएनौं । आम नागरिकको धारणा अनुसार गोदावरी नै सिफारिस गरेका हौं । त्यहाँ हामी वातावरणलाई न्युन प्रभाव पर्ने गरी राजधानी बनाउँछौ ।

३) धनगढी किन उपयुक्त भएन ?
अब धनगढी मै हुनुपर्छ भन्ने कुन कारण छ त ? धनगढीमा किन भएन भने, त्यहाँ भौतिक संरचनाहरु राजधानी हुने जस्तो छैन । राजधानी भनेको जहाँ पायो त्यही राख्ने हैन नि त । राख्ने ठाउँ हुनु पर्यो ।

अहिले हामी प्रदेश सरकारका कामहरु जिल्ला कार्यालयमा चलाइरहेका छौं । एउटा भवनमा दुई वटा मन्त्रालय चलाइरहेका छौं । यहाँको अनियन्त्रित भिड हुने । अर्को कुरा कम भन्दा कम मान्छेले मात्रै धनगढी रुचाएका हुन् ।

४) यसको विकल्पमा पहाडी जिल्ला जस्तैः डडेल्धुरा, बैतडी, डोटी पनि थिए नि ?

यी क्षेत्रहरुमा पनि हुँदै नहुने भन्ने त होईन । तर उपयुक्त क्षेत्र चाँही गोदावरी हो ।

 

Logo