काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धि विचारबाटै नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरेका छन् । "/>

देउवा भन्छन्, ‘गान्धीको विचारबाटै नेपालमा परिवर्तन भयो’

देउवा भन्छन्, ‘गान्धीको विचारबाटै नेपालमा परिवर्तन भयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गान्धि विचारबाटै नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरेका छन् ।सभापति देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि गान्धिको अहिंसावादी आन्दोलनले बाटो देखाएको बताए ।

१ सय ५० औं गान्धि जयन्ति तथा अहिंसा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिंसावादी गान्धिको दर्शन शान्ति स्थापनाका लागि विश्वमै अनुकरणीय रहेको स्मरण गराए ।

सभापति देउवाले अंग्रेजजस्तो शक्तिशाली शासकलाई परास्त गरेर गान्धिले अहिंसावादी आन्दोलनको माध्यामबाट मात्रै दिगो शान्ति सम्भव रहेको दृष्टान्त पेश गर्नु भएको बताए ।

कांग्रेस सभापति देउवाले गान्धिको अहिंसावादी आन्दोलनले शान्ति स्थापनाका लागि विश्वमै बाटो देखाएको स्पष्ट पारे ।

 

Logo