कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द आह्वान गरेको छ । "/>

निर्मलाको न्यायका लागि नेविसंघद्धारा कञ्चनपुर बन्द आह्वान

निर्मलाको न्यायका लागि नेविसंघद्धारा कञ्चनपुर बन्द आह्वान

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द आह्वान गरेको छ । दुई तिहाई बहुमत पाएको सरकारले दुई महिना वितिसक्दा पनि निर्मलाका दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले एकदिने कञ्चनपुर बन्द आह्वान गरेको हो ।

बन्दका कारण कञ्चनपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बजार क्षेत्रमा खुलेका छैनन् । विद्यालय, कलेजहरु बन्द भएका छन् । सवारी साधनपनि ठप्प छन् । सवारी साधन नचल्दा दशैको लागि आफ्नो गन्तव्यमा लागेका यात्रुहरु मर्कामा परेका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोरख बहादुर रौलेले एउटा विद्यार्थीको बलात्कारपछि हत्या भएको दुई महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारलाई दबाब दिन आम हड्ताल गरिएको बताए ।

नेविसंघको आन्दोलन अहिलेसम्म शान्तिपूर्ण नै रहेको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले अहिलेसम्म शान्तिपूर्ण नै अवस्था रहेको जानकारी दिए ।

 

 

Logo