काठमाडौं । गएको शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । "/>

नेकपामा सम्भावित गुटको ‘रिहर्सल’

नेकपामा सम्भावित गुटको ‘रिहर्सल’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गएको शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । इन्द्रेणी फुडल्याण्डमा बोलाइएको भेलामा नेपाल समूहमात्र नभई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल निकटका नेताहरु पनि सहभागी भए ।

ओली समूहका भनिएका सुवासचन्द्र नेम्वाङ, बामदेव गौतमलगायतका नेताहरु उपस्थित थिए । चियापन भनेर स्थायी कमिटी सदस्यहरुलाई बोलाइएका कारण उनीहरु ओलीलाई बिफ्रिङ गर्ने उद्देश्यले पनि उपस्थित भएका थिए ।

नेपालको इन्द्रेणी भेलालाई कतिपयले सम्भावित गुटको रिहर्सलको रुपमा लिएका छन् । जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच एकीकरण भएपछि बनेको नेकपामा गुटको रेखा कोरिएको थिएन । त्यसको सुरुवात नेता नेपालले गरेका छन् ।

नेकपामा औपचारिक रुपमा अब गुटको ‘रिहर्सल’ सुरु भएको छ । नेकपा महासचिव विष्णु पौडेलले पार्टीको स्वरुप निर्माण नभईकन भएको नेपालको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘उहाँजस्तो सिनियर नेताले जे गर्नुभएको छ, त्यो ठीक भएन,’ उनले भने ।

नेकपा निर्माण भएपछि एमाले धार र माओवादी धार त थियो नै, नयाँ पार्टी निर्माण हुँदा पूर्ववर्ती समूहलाई धाराको रुपमा ब्याख्या गरिन्छ । तर, पार्टी एक भएपछि बन्ने समूहले भने गुटको उपमा पाउँदै आएको छ । ‘नेपालले अहिले गरेको अभ्यास गुटको हो,’ ओलीपक्षीय नेताको दाबी छ, ‘नेकपामा गुटको अभ्यास उहाँले प्रारम्भ गर्नुभयो, तर समयभन्दा धेरै अगाडि ।’

ओली समूहले नेपालको अहिलेको तयारीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालको सम्भावित समूह खडा गर्ने प्रयोजनका लागि भएको आशंका गरेको छ । दाहाललाई एकीकृत पार्टीमा समूह खडा गर्न सकस भइरहेकाबेला नेपालको असन्तुष्टिले सहज बनाएको छ ।

ओली विरोधी कित्तामा झलनाथ खनाल र बामदेव गौतम त थिए नै माधव नेपालसम्मलाई उभ्याउन दाहाल सफल भएका छन् । चीन गएकाबेला तेस्रो वरियता खोसेका कारण खनाल ओलीसँग असन्तुष्ट छन् । चुनावमा नियोजित रुपमा पराजित गराइएको आशंकामा बामदेव गौतमको आक्रोस पनि अझै उत्तिकै छ ।

अझ, डोल्पाबाट चुनाव लड्ने सबै मेसो मिलेकाबेला धनबहादुर बुढालाई राजीनामा गर्नबाट रोकिएको भन्दै गौतम ओलीसँग रुष्ट छन् । ओलीसँग रुष्ट हुनेहरुको समूह बढ्दै गएकाबेला दाहाल, नेपाल, खनालको प्रयासले भने सत्तापक्षलाई दबाब महसुस गराएको छ ।

असन्तुष्टहरुको अन्तिम विन्दू
तत्कालिन एमाले वृत्तमा चर्चा हुन्थ्यो– ‘माधव नेपाल साह्रै लोभी र चुइँया छन् । एक पैसा खर्च गर्न पसिना नै चुहाउँछन् ।’ उनी आफू पनि फजुल खर्च गर्दैनन्, भोज भतेरको त साह्रै विरोधी छन् ।

इन्द्रेणीमा पाँच दर्जन नेतालाई बोलाएर खाजासम्म खुवाएका नेपालले के फराकिलो छाती बनाउने आँट गरेका हुन् ? या दाहालको तरबार बनेका हुन् भन्ने चाँही खोजीको विषय भएको छ ।

नेपालको समूहको अन्तिमविन्दू के हो ? अर्थात् उनीहरुले चाहेको के हो ? ‘पार्टी एकलौटी चलाउनु भएन, पार्टीका निर्णयहरुमा सामूहिकता भएन,’ नेपालपक्षीय नेता जगन्नाथ खतिवडा भन्छन्, ‘एकपक्षीय निर्णयहरु सच्याउनुपर्छ । अहिलेलाई हामीले चाहेको यत्ति हो ।’

ओली समूहले भने नेपाल समूहको तयारीलाई सत्तामा प्रभाव पार्नका लागि हुन सक्ने अनुमान गरेको छ । ओली निकट युवा नेता राजन भट्टराईले सत्ताबाहिर हुँदा राजा र राजावादीलाई भएको छटपटीसँग तुलना गरेका छन् ।

बार्गेनिङ रणनीति
नेकपामा दुई अध्यक्ष छन् । वरीयतामा ओली पहिलो नम्बरमा छन् भने त्यसपछि दाहाल । झलनाथ खनालको वरीयता मिचेर नेपाल तेस्रो नम्बरमा छन् । तर, दाहालको साथ नभएसम्म नेपालको गुट होइन, उपगुट हुन्छ ।

नेपालले तत्कालिन एमालेको आफ्नो समूहलाई कायमै राखेर ओली र नेपालसँग ‘बार्गेनिङ’को रणनीति बनाएका छन् । ओली र दाहालबीच भागबण्डा हुँदा आफ्नो समूह हराउने भएपछि नेपाल परम्परागत समूह कायम राख्न र ‘बार्गेनिङ पावर’ बढाउन गुटको अभ्यास गरिरहेका छन् ।

 

 

 

 

Logo