कृष्णसिंह धामी/काठमाडौं । चर्चित निर्मला पन्त काण्डमा विवादित बनेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । "/>

निर्मलाका बाबु भन्छन्, ‘विष्टको डिएनए रिपोर्ट मिल्दैंन भन्ने पहिल्यै थाहा थियो’

निर्मलाका बाबु भन्छन्, ‘विष्टको डिएनए रिपोर्ट मिल्दैंन भन्ने पहिल्यै थाहा थियो’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । चर्चित निर्मला पन्त काण्डमा विवादित बनेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । जुन रिपोर्टले उनीमाथि लागेको आरोप प्रमाणित भएन् ।

जिल्ला अदालत कञ्चनपुरले उनीसहित विवादित बनेका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका छोरा आयुशको डिएनए परीक्षणको लागि मौखिक आदेश दिएको थियो ।

तिनै जनाको रगत संकलन गरेर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षण गरिएको थियो । तीनैजनाको रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच नभएको हो । अब घटना थप रहस्यमय बनेको छ ।

निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘हामीलाई पहिल्यै थाहा थियो । उनको डिएनए रिपोर्ट मिल्दैंन भन्ने कुरा । हामीले नेपालमा नभई विदेशमा पठाउनुपर्‍यो भनेका थियौं । तर उनीहरुले मानेनन् । दोषीको नै डिएनए रिपोर्ट नमिलेपछि अब हामीले कसरी न्याय पाउने ।’

उनीहरुको रगत संकलनदेखि डिएनए परीक्षणमा कसैले नदेखेको भन्दै अरुको नै रगत पनि संकलन गरेर परीक्षणको लागि पठाएको हुनसक्ने उनको आशंका रहेको छ । उनी भन्छन्, ‘रगत निकाल्दा नै अरुको निकालेर पठाएको हो कि ? हामीलाई त आशंका छ । डिएनए रिपोर्टमा पनि म्याच खाएरपनि गलत रिपोर्ट दिईएको हो कि सबै उनीहरुकै हातमा जे गरेपनि भईहाल्यो ।’

उनीहरुको रगत संकलन गरेर विदेश पठाउन भन्दा नमानेको बताउँदैं उनले भने, ‘तिनै जनाको रगत विदेश पठाउन भन्दा मानेनन् । त्यसपछि हामी ढुक्क थियौं उनीहरुको डिएनए मिल्दैंन् । यो अपराधी बचाउँने खेल हो ।’

आफ्नो मागको कहिल्यै सुनुवाई भएनः
आफ्नो छोरीको बलात्कारपछि हत्या उनको साथी रोशनीको घरमै भएको दाबी गर्दै यज्ञराज भन्छन्, ‘घटनाको अनुसन्धान रोशनीको घरबाटै हुनुपर्छ । यतिबेला त उनको घरमा भएका सबै प्रमाण नष्ट गरिसकियो ।’

तत्कालिन एसपीकै मान्छेहरु घटनामा संलग्न रहेकाले अनुसन्धान गर्दा सबै प्रमाण नष्ट गरिएको उनको दाबी छ । अब आफुले न्याय पाउने आश मरेको बताउँदै यज्ञराज भन्छन्, ‘राज्य नै दोषीलाई बचाउँने षडयन्त्रमा लागेको छ । अब हामीले कसरी न्याय पाउने ?’

 

Logo