काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार स्थायी कमिटीका सदस्यहरुको भेला गरेका छन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरिएको भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसँगै वामदेव गौतम पनि सहभागी भएका थिए । "/>

माधव नेपालको भेलामा बामदेवले भने, ‘ओली प्रचण्डपछि तपाई नै हाम्रो नेता’

माधव नेपालको भेलामा बामदेवले भने, ‘ओली प्रचण्डपछि तपाई नै हाम्रो नेता’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार स्थायी कमिटीका सदस्यहरुको भेला गरेका छन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरिएको भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसँगै वामदेव गौतम पनि सहभागी भएका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुरमा रहेका बेला वरिष्ट नेता नेपालले स्थायी कमिटी सदस्यहरुको भेला बोलाएका हुन् । भेलामा समेत सहभागी थिए ।

चियापान कार्यक्रम नाम दिईएको भेलामा गौतमले नेपालको खुवै प्रशंसा गरे । भेलामा कसैको पनि भाषण गरेनन् । भेलामा माधव नेपाल र वामदेव गौतमले मात्र आफ्ना कुरा राखेका थिए । भेलामा गौमतले अनौपचारिक रुपमा आफ्नो मन्तव्य राखेका थिए ।

गौतमले केपी ओली र प्रचण्डको अनुपस्थितिमा माधव नेपाल नै सबैभन्दा शीर्ष रहेको बताए । ‘अरुले बोलाएको भए म यहाँ आउने थिइनँ, माधवजीले बोलाएको हुनाले म आएको हुँ,’ भेलामा नेता गौतमले माधव नेपाललाई भने,’ दुबै अध्यक्ष कमरेडहरु नभएका बेला केही पर्‍यो भने नेतृत्व गर्ने तपाई नै हो, तपाईले बोलाएको हुनाले म आएँ, बोलाएर राम्रै गर्नुभयो ।’

बिहीबारको संसद बैठकमा सरकारको निकै आलोचना गरेमा नेता नेपालले भेलामा पनि आलोचना गर्न छाडेनन् । उनले सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताए ।

उनले प्रदेश कमिटी गठनमा विभेद, आफु विदेशमा रहेको बेला सचिवालयको बैठक बोलाएको लगायत विषयमा स्थायी कमिटी सदस्यहरुसँग गुनासो राखेका थिए । वरिष्ठ नेता नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी नेतृत्वसँग मागसमेत गरेका छन् ।

 

Logo