धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ । शुक्रवार दोस्रो पटक बसेको प्रदेश सभा बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरीमा राख्ने निर्णय पारित गरेको हो । "/>

प्रदेश ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ बहुमतबाट पारित

प्रदेश ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ बहुमतबाट पारित

केन्द्रबिन्दु
0
Shares

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ । शुक्रवार दोस्रो पटक बसेको प्रदेश सभा बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरीमा राख्ने निर्णय पारित गरेको हो ।

प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी राख्न सिफारिस गरेको थियो। उक्त प्रतिबेदन पारितका लागी आज संसदमा पेश भएको थियो ।

उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सासदले असहमति जनाउँदै संसद अवरुद्ध पारेका थिए । सत्तापक्ष र प्रतिपक्षबीच नाम र राजधानीका विषयमा सहमति नभएपछि मतदान प्रक्रियामा गएको थियो ।

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने पक्षमा ३८ मत खसेको थियो। विपक्षी दलका १४ सासदले भने मत हालेनन । उनीहरुले बैठक बहिस्कार गरेका थियो।

प्रदेश ७ मा ५३ सासद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो । बिहान साढे ११ बजे बसेको बैठक प्रतिपक्षी दलका कारण दिउँसो १ बजे सम्मका लागी स्थगित भएको थियो। त्यसपछि ३ बजे बसेको बैठकले मतदान प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाएको हो ।

Logo