प्रदेश नं ७: प्रदेशसभा भित्र बैठक अबरुद्ध, बाहिर प्रदर्शन

प्रदेश नं ७: प्रदेशसभा भित्र बैठक अबरुद्ध, बाहिर प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । 

प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिकाको तेघरीमा स्थायी राजधानी बनाउन तथा नाम ‘सुदूरपश्चिम प्रदेश‘ राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ । 

प्रदेशसभाको जारी बैठकमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रस्तुत प्रतिवेदन उपर छलफल जारी छ । प्रदेशसभा बैठकले आज प्रदेश राजधानी र नामाङ्कनको विषयलाई टुङग्याउने बताइएको छ । प्रदेशसभाका सदस्यको दुई तिहाई मतको आधारमा प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

यसैबीच धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसले प्रदेश नं ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

Logo