काठमाडौं–

शिशिर योगीको गीतबाट प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन सुरु गरेका नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कडा आलोचना गरे । "/>

माधव नेपालको अभिव्यक्तिः भागबण्डाको रिस संसदमा पोखियो

माधव नेपालको अभिव्यक्तिः भागबण्डाको रिस संसदमा पोखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं–

  • फेरि टङ स्लिप भएको त होइन ?
  • नेपालको अभिव्यक्तिको जवाफ ओलीले एयरपोर्टमै दिने

    ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ
    माझी छौ कि केही किनारा लगाइदेऊ’

शिशिर योगीको गीतबाट प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन सुरु गरेका नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कडा आलोचना गरे । नेपालपछि बोलेका कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारको अभिव्यक्ति यति फिका भयो कि सञ्चारमाध्यममा समाचारसम्म बनेन ।

माधव नेपालको संसदको आक्रोस सुन्न लायक थियो । विपक्षी दलले टेबलमात्रै ठोकेनन्, नेपालको भाषणमा समर्थन जनाउँदै सत्तापक्षीय सांसदहरुलाई गेटसम्म खिसिट्युरी गरिरहेका थिए । हुन पनि विपक्षी कांग्रेसले उठाउनुपर्ने कतिपय विषय पहिलेदेखि नै सत्तापक्षकै सांसदले उठाउँदै आएका छन् । चाहे बजेटको विषय होस् वा बलात्कारपछि हत्याका घटनाका विषयमा नै किन नहोस् ।

सरकारको काम हेर्न जनता ब्याकुल रहेको उल्लेख गर्दै नेता नेपालले परिणाम नदेखिएका कारण सांसदहरूको शिर ठाडो हुन नसकेको गुनासो गरे । गृहमन्त्री रामबहादुर थापाको नाम किटेरै नेपालको आलोचना थियो । ‘हाम्रा मन्त्रीज्यूले देख्नुभएको छ कि छैन ?’ नेता नेपालले प्रश्न गरे, ‘गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ थाहा छैन । उहाँहरूलाई जानकारी हुन्छ कि हुँदैन थाहा छैन । गृह प्रशासन नामको चिज छ कि छैन थाहा छैन !’

नेपालको अभिव्यक्तिप्रति नेकपाको एउटा संस्थापन केपी ओली समूहले कडा आपत्ति जनाएको छ । ‘उहाँले यस्तै बोल्नुहुन्छ भन्ने थाहा थियो,’ ओलीपक्षीय एक स्थायी समिति सदस्य भन्छन्, ‘उहाँको भनाइमा आश्चार्य छैन, तर, उहाँको पीडा ओकल्ने ठाउँ संसद होइन, पार्टीमा हो भन्ने बुझ्नुपथ्र्यो ।’

पार्टी एकीकरणमा ओलीसँगै मिलेर झलनाथ खनाललाई ‘कू’ गर्दै तेस्रो वरीयता लिएका नेपाल त्यसपछिका दिनमा भने असन्तुष्ट छन् । ओली समूहले तेस्रो वरीयताका लागि मात्रै नेपाल ओलीसँग निकट बनेको अनुमान गरेको छ ।

नेपालले भने प्रधानमन्त्रीका पछिल्ला गतिविधि सन्तोषजनक नभएको भन्दै चुनौति दिने बताएका छन् । खासगरी, प्रदेश समितिको नेतृत्व बाँडफाँडमा उनी तीब्र असन्तुष्ट छन् । तर, पनि सबै पक्षलाई मिलाउँदा उनी निकट दुई जना ईञ्चार्ज छन् ।

उनले संसदीय समितिको सभापति चयनमा आफ्नो समूहलाई नदिइएको, आफू विदेश भएकाबेला प्रदेशको नेतृत्व दिएको, जनप्रतिनिधिलाई पार्टी नेतृत्व नदिने मापदण्डविपरीत पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारी दिएको आरोप लगाएका छन् ।

नेपालले आफ्नो असन्तुष्टि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग राखिसकेका छन् । दाहालले प्रदेशको नेतृत्व चयन विचार गरेरै गरेको बताउँदै तर नेपाल र नारायणकाजी श्रेष्ठ बाहिर रहेकाबेला भएकोमा गल्ती स्वीकारेका छन् ।

नेता नेपालले शुक्रबार स्थायी कमिटीका सबै सदस्यहरूसँग छलफल गर्ने उद्देश्यले चियापान आयोजना गरेको उनी निकट नेता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रदेशको नेतृत्व चयन अधिकार स्थायी समितिको भएको भन्दै नेपालले सचिवालयले विधानविपरीत निर्णय गरेको भन्दै परामर्शका लागि चियापान आयोजना गरेका हुन् ।

४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेबाट २५ र पूर्वमाओवादीबाट २० जना सदस्य छन् । स्थायी समितिमा अध्यक्ष ओली र दाहालनिकट १३/१३ तथा वरिष्ठ नेता नेपालनिकट १२ सदस्य छन् । पूर्वमाओवादीभित्रको रामबहादुर थापानिकट ४, नारायणकाजी श्रेष्ठनिकट २ जना र बामदेव गौतम निकट २ जना छन् ।

विमानस्थलमै जवाफ दिने ओलीको तयारी
संसदमा नेता नेपालले दिएको अभिव्यक्ति र प्रदेश नेतृत्व चयनमा जनाएको सार्वजनिक असन्तुष्टिको जवाफ प्रधानमन्त्री ओलीले स्वदेश फर्कंदा विमानस्थलमै दिने भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालको अभिव्यक्तिलाई ओलीले गम्भीररुपमा लिएका छन् । ‘न्यूयोर्कमा नै माधव नेपालले संसदमा बोलेको भाषण प्रधानमन्त्रीज्यूले हेर्नुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय भन्छ, ‘त्यसको जवाफ विमानस्थलबाटै आउँछ ।’ सरकारमाथि चौतर्फी प्रहार भइरहेकाबेला नेपालले संसदको मञ्च प्रयोग गरेर ‘पेट सफा गरेको’ ओलीको टिप्पणी छ ।

नेम्वाङको तयारी, बोले नेपाल
संसद अधिवेशन समाप्तीका दिन पार्टीका शीर्ष नेताहरुलाई बोल्न दिने परम्परा छ । त्यहीअनुसार राष्ट्रिय पार्टीका चार जना नेताको बोल्ने कार्यसूची थियो । नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस उपनेता गच्छदार, राजपाबाट राजेन्द्र महतो र संघीय समाजवादी फोरमबाट रामसहायप्रसाद यादवले बोल्ने तयारी थियो । लामो समय संसदमा अनुपस्थित नेपालले बोल्ने मनसाय राखेपछि नेम्वाङले छाडिदिएका थिए ।

नेपालको पहिलो पनि भएको थियो ‘टङ स्लिप’
संसदको रोस्टममा उभिएर पार्टी नेतृत्वको आलोचना गरेको यो पहिलो होइन । पहिलोपटक ओली प्रधानमन्त्री भएकाबेला उनीविरुद्ध लागेको अविश्वास प्रस्तावमाथिको छलफलमा तत्कालिन सरकारमा एमालेकरण नभएर गुटकरण भएको भन्दै ओलीको आलोचना गरेका थिए ।

उनले पार्टीमा मनमोहन अधिकारी र ओलीकोमात्रै प्रशंसा हुँदा आफ्नो योगदानको अवमूल्यन भएको बताएका थिए । यही विषयमा ओलीले नेपालको धारणा मागे । पछि नेपालले एक अन्तर्वार्तामा सार्वजनिक रुपमै ‘टङ स्लिप’ भएको भन्दै गल्ती स्वीकारेका थिए ।

Logo