धनगढी । धनगढीलाई प्रदेश राजधानी नबनाएर सांसदलाई आगो लगाउने धम्की दिने मेयरविरुद्ध सांसदहरुले प्रशासन गुहारेका छन् । प्रदेश ७ को राजधानी गोदावरी राखेको विरोधमा बुधबार विरोध प्रदर्शनमा सहभागी धनगढी उपमहानगरका मेयर नृप ओडले धनगढीलाई प्रदेश राजधानी नबनाए प्रदेससभा सदस्यहरुलाई आगो लगाउने चेतावनी दिएका थिए । "/>

मेयरले आगो लगाएर मार्ने धम्की दिएपछि २२ सांसदले सिडिओ गुहारे

मेयरले आगो लगाएर मार्ने धम्की दिएपछि २२ सांसदले सिडिओ गुहारे

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढीलाई प्रदेश राजधानी नबनाएर सांसदलाई आगो लगाउने धम्की दिने मेयरविरुद्ध सांसदहरुले प्रशासन गुहारेका छन् । प्रदेश ७ को राजधानी गोदावरी राखेको विरोधमा बुधबार विरोध प्रदर्शनमा सहभागी धनगढी उपमहानगरका मेयर नृप ओडले धनगढीलाई प्रदेश राजधानी नबनाए प्रदेससभा सदस्यहरुलाई आगो लगाउने चेतावनी दिएका थिए ।

उनको उक्त विवादास्पद अभिव्यक्ति विरुद्ध २२ जना प्रदेशसभा सदस्यहरुले प्रशासनमा उजुरी दिएका हुन् । नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचिन ओडविरुछ सत्तापक्षका २२ जना प्रदेशसभा सदस्यले कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

मेयर ओडले बुधबार सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानीको प्रस्ताव स्वीकृत गरे २४ घण्टाभित्र धनगढीबाट धपाउने र जलाएर मार्ने अभिब्यक्ति दिएका थिए । मेयर ओडको अभिव्यक्तिको विरोधमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका २२ जना प्रदेश सभा सदस्यहरुले उजुरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए ।

प्रदेश सभा सदस्यहरु लिलाधर भट्ट, प्रेमप्रकाश भट्ट, महेशदत्त जोशी, हर्कबहादुर कुवर सहितका २२ जनाले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको पनि माग गरेका छन् ।

‘उपमहानगरपालिकाको मेयर जस्तो पदमा बसेका ब्यक्तिले सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको घर खोजी खोजी आगो लगाउन निर्देशन, आगो लगाएर मार्ने धम्की र भौतिक आक्रमणका लागि निर्देशन दिएकाले आफुहरु असुरक्षित भएको महसुस भएको छ’ उनीहरुले उजुरीमा उल्लेख गरेका छन ।

उजुरमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको पिछा गर्न संदिग्ध ब्यक्तिहरु देखिन थालेको, निगरानी गर्न थालेको र धम्की आउन थालेकाले सुरक्षाको माग पनि गरिएको छ । तर मेयर ओडले भने विज्ञप्ती निकाल्दै आफूले आक्रोशमा आएर त्यस्तो भनेको भन्दै माफी मागेका छन ।

 

Logo