काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । "/>

संसदमा हिन्दीमै भाषण गर्दै राजेन्द्र महतोले भने, ‘संविधान संशोधन नभए दुर्गति हुन्छ’

संसदमा हिन्दीमै भाषण गर्दै राजेन्द्र महतोले भने, ‘संविधान संशोधन नभए दुर्गति हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । बेला बेला विभिन्न कारणले चर्चामा आईरहने नेता महतोले मधेसको माग समेटेर संशोधन गर्न माग गरे । मधेशीको माग बमोजिम संशोधन नभए यो संविधानको पनि दुर्गति हुने चेतावनी दिए ।

संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधान पनि रद्दीको टोकरीमा फाल्ने चेतावनी दिए ।

‘मधेसी जनताले पटक पटक आवाज उठाएका छन् । संविधान संशोधन के हुन्छ ? सरकार यसरी कानमा तेल हालेर बस्ने हो भने अगाडिका ६ वटा संविधानजस्तै सातौं संविधानको पनि दुर्गति हुन्छ’ महतोले चेतावनीसहित भने ।

बिहीबार पनि हिन्दीमा सम्बोधन गर्दै महतोले भने, ‘म राम्रोसँग नेपाली बोल्न सक्छु । आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको हुँ । जबसम्म मान्यता पाउँदैन तबसम्म बोलिरहन्छु ।’

 

Logo