काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । "/>

संसदमा निर्मला प्रकरणबारे गृहमन्त्रीको निराशाजनक अभिव्यक्ति (भिडियोमा)

संसदमा निर्मला प्रकरणबारे गृहमन्त्रीको निराशाजनक अभिव्यक्ति (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने बताए ।

उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने गृहमन्त्रीको तर्क छ । समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिए ।

मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिदै उनले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गरे ।

Logo