काठमाडौं । सर्वोच्च अदाललको आदेशपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) रिहा भएका छन् । "/>

विप्लवका प्रवक्ता प्रकाण्ड सर्वोच्चको आदेशपछि थुनामुक्त

विप्लवका प्रवक्ता प्रकाण्ड सर्वोच्चको आदेशपछि थुनामुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदाललको आदेशपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) रिहा भएका छन् । प्रकाण्डलाई लामो समयदेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको थियो ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरण मुद्दामा रिहा गर्न आदेश दिने र फेरि पक्राउ क्रम पनि चलिरहेको थियो । तर यो पटकको आदेशपछि भने अहिलसम्म पक्राउ परेका छैनन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।

सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो । सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिएकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।’ सर्वोच्चको आदेशपछि प्रकाण्ड थुनामुक्त भएका हुन् ।

Logo